देशका ७५ जिल्लामा निषेधाज्ञा , कहाँ कहिलेसम्म? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। देशका ७५ जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोटाङ र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७५ पुगेको हो। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञा २० जेठमा सकिँदै छ।  काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू भएको एक महीना नाघेको छ। तीनै जिल्लामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो। 

केही जिल्लामा निषेधाज्ञा लागू भएको एक महीना नाघेको छ। केही जिल्लामा जेठ अन्तिमसम्म निषेधाज्ञाको घोषणा गरिसकिएको छ। 

बैतडी, कालिकोट र प्युठानमा भने ३१ जेठसम्म निषेधाज्ञा घोषणा गरिएको छ। सप्तरीमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। सप्तरीमा २५ वैशाखबाट निषेधाज्ञा लागू गरिएको हो। 

एक महीनादेखि लगातारको निषेधाज्ञाले देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ। दैनिक मजदुरीमा निर्भर परिवारलाई हातमुख जोड्न समस्या हुन थालेको छ। 

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।