भारतले कोभिड उपचारमा प्लाज्मा थेरापी विधि हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतले कोभिड १९ को उपचार विधिबाट प्लाज्मा थेरापी हटाएको छ ।

इन्डियन इन्स्टिच्युट अफ मेडिकल रिसर्चले संशोधन गरेको नयाँ निर्देशिकामा कोभिडको उपचार प्लाज्मा थेरापीबाट गरिने उल्लेख छैन ।

वयष्कहरुको उपचारमा प्रभावकारी बन्दै आएको प्लाज्मा थेरापीबाट गम्भीर बिरामीलाई ठूलो लाभ नदिएको भन्दै हटाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्लाज्मा थेरापीमा रोग निको भइसकेका बिरामीको रगतमा रहेको प्लाज्मा निकालेर अर्को बिरामीको रगतमा प्रवाह गरिन्छ । रोग निको भइसकेको बिरामीमा रहेको एन्टिबडीले नयाँ शरिरमा समेत काम गर्ने यो विधि भारतले नअपनाउने भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।