सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब २१ करोड बराबरको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से ५.९ अकले बढेर २६४९.६० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड, ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर किनबेच भएका छन् ।

आइतबार कारोबारमा आएका १३ समूह मध्ये ४ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ९ वटाको परिसूचक घटेको छ ।

रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, समता लघुवित्त, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।