माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रमुख सचेतकले बुधबार संसद सचिवालयमा पत्र बुझाएका हुन् । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सदस्य छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । 

उक्त अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची तय भएसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्दै संसद सचिवालयलाई पत्र बुझाएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।