कांग्रेसले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बोलाएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसद पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ ।

२३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् ।

संसद विघटन र पुनःस्थापनाको चक्करबीच बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।