संसदीय दलको नेताबाट ओलीलगायत शीर्ष सात नेताहरुलाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले  स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो। 

स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो। 

त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ। 

यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको हो। 

केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेकाे छ। 

यसअघि साे समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीकाे साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेकाे थियाे। त्यसैगरी, महासचिवबाट विष्णु पाैडेललाइ पनि हटाएकाे थियाे।  

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड-नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।