आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २५ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–एकादशी,५४ घडी ५७ पला,रातको ०४ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–ज्येष्ठा,२४ घडी ४३ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त मूल । योग–व्याघात,१९ घडी ४६ पला,दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त हर्षण । करण–भद्रा,बेलुकी ०५ बजेर ४६ मिनेट उप्रान्त बालव,रातको ०४ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २६ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धनको विषयमा कलह हुनेछ । स्त्री वर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथमिल्नेछ । साथीभाइमा रमाइलो हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ ।आफन्तको सुख मिल्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सरसामान हराउन सक्नेछ । आफन्तसँग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ ।लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठुलाबडाले साथ दिनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ ।अधुरा काम सुरु हुनेछन् ।
Comment