निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा आधिकारिकता दाबी पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ । 

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् । 

आयोगमा अध्यक्षद्वयको सथमा वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेतहरुको सहभागिता रहेको थियो । 

प्रचण्ड–नेपाल समूहका  अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेकपाको पहिलो अध्यक्ष नभएको दाबी गरेका छन् ।

उनले आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्नस्वरुप आफूहरुले ओलीलाई अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको बताए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।