झन-झन बढ्दै चिसो, कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ ।  चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् ।

यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ ।

जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन बजारमा पाइन्छ । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ ।

सामान्य फुटपाथदेखि सपिङ मलसम्म जाडो मौसममा लगाउने कपडा र प्रयोग गर्ने इलेक्ट्रिक सामानको व्यापार बढ्दै छ । यस्तो अवस्थामा कपडाले मात्र केही गर्दैन, चिसोबाट बच्ने अन्य उपाय पनि अपनाउनु राम्रो हुन्छ ।  

जाडो मौसम सुरु भएलगत्तै हामी सबैलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ।  यो जाडो मौसममा प्राय सबैमा देखिने समस्या हो। जाडो मौसममा के खाने भन्ने कुरामा धेरै अनविज्ञ छन्।

त्यसैले पनि मानिसहरु आफ्नो शरीरलाई तागत दिने कुराको थाहा नभएर बिरामी पर्ने गरेका छन्। त्यसैले जाडो मौसममा खाने कुरा ध्यान दिन एकदमै जरुरी छ।

शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ।

कसरी बच्ने चिसोवाट ?

अदुवा खानुहोस्
शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा सेवन हो । यसले रुघाखोकीलगायतका चिसोबाट उब्जिने समस्या समाधान गर्छ । अदुवा चियामा हालेर होस् वा खानामा मसलाका रुपमा पनि प्रयोग गरेर सकिन्छ ।

जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अधिकांश मानिसलाई चिसो मौसममा रुघाखोकीलगायत समस्या हुने गरेका छन् । अदुवालाई पोलेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

– तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने ।

– न्यानो लुगा लगाउँने ।

– घर/कोठालाई न्यानो राख्ने ।

यद्यपी के कुरामा पनि ख्याल गर्नुपर्छ भने, घर कोठा न्यानो राख्ने भन्दैमा झ्याल ढोका बन्द गरेर हिटर ताप्ने, आगो बाल्ने गल्ती गर्नु हुँदैन । घर-कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था भने हुनुपर्छ ।

कस्ता लुगा लगाउने ?

जाडो याममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । बजारमा अहिले विभिन्न मूल्यका ज्याकेट, हुक र कोट उपलब्ध छन् ।

जाडोमा भुवायुक्त टिसर्ट, हाइनेक, लेदरको ज्याकेट पनि लगाउनु राम्रो हुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।