युनाईटेड इदी–मार्दीको आईपीओ निष्काशन मिति तिहारपछि सर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कार्तिक २७ गतेबाट आईपिओ निष्काशन गर्ने तयारीमा रहेको युनाईटे ड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले तिहारपछि मात्र आईपीओ निष्काशन गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले शेयर निष्काशन मिति सारेको हो ।  अब कम्पनीले मङ्सिर ३ गतेदेखि आईपिओ निष्काशन गर्ने छ । 

बुधबारदेखि माउन्टेन हाइड्रोपावरको शेयर खुला भैसकेकाले एकैपटक शेयर निष्काशन गर्दा मेरोशेयरमा लोड पर्ने भएकाले बोर्डले युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरलाई तिहारपछि मात्र शेयर निष्काशन गर्न बोर्डले निर्देशन दिएपछि बिक्री प्रबन्धकले मिति सारेको हो ।

कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको छ । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले यस आयोजना प्रभावित स्थानीयको लागि ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख ७६ हजार ९० कित्ताको लागि मात्र आवेदन परेको थियो।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।