विश्वमा एकैदिन थपिए पाँच लाख ४३ हजार कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका छन् । यो सहित विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ। -पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ। त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ। भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।