स्वास्थ्य मन्त्रालयको कोभिड-१९ प्रेस ब्रिफिङ अब हप्ताको दुई दिन मात्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशभर कोरोना संक्रमणको स्थिति र संक्रमितहरुको अवस्थाबारे दिँदै आएको दैनिक जानकारी परिवर्तन गरेको छ।

अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ती दिनमा साविककै ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुनेछ।

अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेवसाइट, भाइवर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोवाइल एपमा सोहि समयमै अपलोड गरिने गौतमले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।