आजदेखि सबै टेलिभिजनमा आइपीएल हेर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्लिनफिडका कारण नेपालमा रोकिएको इन्डियन प्रिमियर लिग(आइपीएल)को प्रत्यक्ष प्रशारण गर्ने टीभी च्यानलहरुको प्रशारण आजबाट हुने भएको छ।

आइपीएलको प्रत्यक्ष प्रशारण स्टार टेलिभिजन नेटवर्कले गर्दै आएको छ। स्टार नेटवर्कले आइपीएल प्रशारणको दौरान विज्ञापन समेत प्रशारण गर्ने भएपछि उसका च्यानलहरु नेपालमा प्रशारण रोकिएका थिए।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले आजदेखि स्टार टेलिभिजन नेटवर्कले आफ्ना च्यानल विज्ञापनरहित नेपाललाई उपलब्ध गराउने व्यवस्था गरेकाे बताए।

बुधबारदेखि डिसहाेम सहित अन्य नेपाली केवल प्रदायकले समेत आईपिएल प्रशारण गर्ने आचार्यले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।