पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि , कोरोना जित्नेको संख्या ३१ सय ६८

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।