कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान समारोह नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यो वर्ष कोभिड(१९ का नगर्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै २०३३ सालदेखि चलिआएको चियापान कार्यक्रम नगर्ने जानकारी दिए । वि.सं. २०३३ सालमा वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो ।

‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।