काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितमा ७७९ महिला र १ हजार ४४७ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३ हजार ८४६ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १३ लाख ८० हजार ८६२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

Comment