सामाखुशी चोकमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आइतबार एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।