कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई  रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।  रेम्डेसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको चिकित्सकको दाबी छ ।  रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधिसमेत हो ।

रेम्डिसिभिर औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने छ । 

सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि मान्यता दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।