सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार गरेको छ।

तनहुँको बन्दीपुर गाउँपालिकामा १५ दिनको तालिम आयोजना गरेर  जनशक्ति तयार गरिएको हो।

विनाशकारी भूकम्पमा परेर क्षति भएका पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणका लागि जनशक्ति तयार गर्ने उद्देश्यले विभागले बन्दीपुरमा तालिमको आयोजना गरेको थियो।

विभागका छविकार एवं तालिमका सहसंयोजक ओमकुमार श्रेष्ठका अनुसार तालिमबाट ४५ जना कालीगढ सम्पदा पुनर्निर्माणका लागि दक्ष भएका छन्।

तालिममा देशका विभिन्न जिल्लाबाट कालीगढ सहभागी थिए।

तालिमका सहभागीहरुलाई तीन समूहमा विभाजन गरी गाह्रो लगाउने, काष्ठकला सम्बन्धी र ढुङ्गा कुँद्ने सम्बन्धी सीप प्रदान गरिएको तालिमका प्रशिक्षक कृष्णगोविन्द प्रजापतिले जानकारी दिए।

२०७२ को भूकम्पबाट धेरै जिल्लामा मन्दिर, पाटीपौवा र धर्मशालाहरू क्षति भएका र ती मध्ये अझै धेरैको पुनर्निर्माण गर्न बाँकी रहेको पुरातत्व विभागका छविकार श्रेष्ठले बताए।

“दक्ष कालीगढहरू नहुँदा पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य पूरा भएको छैन,” उनले भने, “तालिम पश्चात् दक्ष जनशक्ति उत्पादन भएकाले पुनर्निर्माणमा सहयोग पुग्नेछ।”

गत चैत पहिलो साता नै तालिम सुरु गरिएको भए पनि चैत ११ गतेबाट देशैभर लकडाउन भएका कारण तालिम स्थगित भएको थियो।

बाँकी तालिम गत मंगलबारबाट सुरु गरिएको थियो। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।