पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार चार सय २७ जनाको पीसीआर परीक्षण गर्दा थप २०७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित देशभर हालसम्म कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ।

त्यस्तै, आइतबार कोरोनालाइृ जितेर १५ सय ५२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालका कोरोनामुक्त हुनेको संख्या ७५ हजार आठ सय चार पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित निको हुने दर ७० दशमलव ३ प्रतिशत रहेको बताए ।

हाल सक्रिय संक्रमित भने ३१ हजार तीन सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।