उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१  जना र भक्तपुरमा एक सय १०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ७५ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।