कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।

यस्तै, शनिबार नेपालमा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।