यी तीन प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सफा रहने अनुमान गरेको छ ।

हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त न्युन चापीय क्षेत्र पश्चिम उक्त दिशा तर्फ सर्दै गएकोले अबका दिनमा मुलुकको मौसम सामान्यतया सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज देशका प्रायः सबै प्रदेशहरुमा मौसम सफा रहने जनाइएको छ । यद्यपि, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंसिक बदली रहने छ ।

महाशाखाका अनुसार आज दिउसो बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीभने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आसिंक बदली रहने तथा बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।