“म्युजिक भिडिओ, चलचित्रमा हाम्रो ड्रेस प्रयोग नगर्नू” : प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनुमतिबिना म्यूजिक भिडियो, चलचित्र लगायतका क्षेत्रमा प्रहरी पोशाक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, साङ्गीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोशाकहरूको दुरुपयोग भइरहेको भन्दै नेपाल प्रहरीले यस्तो अनुरोध गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले प्रेस विज्ञप्ति जारी यसको बारेमा जानकारी दिएका हुुन् । अनुमतिबिना नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न, प्रहरीको मोनोग्राम प्रयोग नगर्न भन्दै सचेत गराएका छन्।

प्रहरी पोशाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचारप्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।