प्रसूति गृहमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले जन्माइन् ५ शिशु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले  एकै पटक पाँच वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान  उनको शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।  

तस्बिर : डा. कृतिपाल सुवेदीको फेशबुकबाट

अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. कृतिपाल सुवेदीको समूहले शल्यक्रिया गरी पाँच वटा शिशुहरु निकालेका हुन्। पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको डा.सुवेदीले  जानकारी दिए।  

डा.कृतिपाल सुवेदी, डा.दिप्ती श्रेष्ठ,डा. नमिता सिग्देल, एनेशथेसिया तर्फ डा. मुकेश कुमारको टोलीले तामाङको शल्यक्रिया गरेका थिए। बालरोग बिशेषज्ञ तर्फ डा.श्रद्धा श्रेष्ठ रहेकी छिन्।

चिकित्सकका अनुसार चार जना शिशु मध्येमा एउटा १ केजी, दोस्रो एक केजी ८ सय ग्राम, तेस्रोको १ केजी ६ ग्राम र चौथोको ८  ग्राम तौल रहेको छ। दुईदेखि चार जनासम्म शिशुको एकैपटक जन्म हुने गरेको धेरै हुने पाइए पनि एकै पटकमा पाँच शिशुको जन्म हुने कुरा दुर्लभ मानिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।