जीपी अस्पतालको सेवा पुन:सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनः सञ्चालन भएको छ।

उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो।

कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पीसीआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुरू गरेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।

यसैबीच दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई कोरोना पुष्टि भएको छ। शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार उनलार्ई कोरोना  पुष्टि भएको हो। – रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।