अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

ट्रम्पका सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएपछि ट्रम्प दम्पतीले पनि कोभिड–१९ परीक्षण गराएका थिए। 

नतिजा आउनुअघि नै ट्रम्प क्वारेन्टिनमा बस्न थालेका थिए।

ट्रम्पले नतिजा पोजिटिभ आएपछि ट्वीट गर्दै आफूहरूलाई  काेराेना भाइरस संक्रमण पुष्टि भएकाे र चाँडै संक्रमणमुक्त हुने बताएकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएकाे छ।

प्रेसिडेन्सियल डिबेटका क्रममा हालै हिक्स अन्य वरिष्ठ सहयोगीका साथ क्लिभल्यान्ड गएकी थिइन्। सोही क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएको र परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।