बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्नसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौं । बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई
जारी गरेको एकिकृत निर्देशिकामा म्युचुअल फण्ड सञ्चालन गर्न पाउने उल्लेख
गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सामूहिक लगानी कोष सञ्चालन गर्ने सम्बन्धमा बैंक
तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१) को खण्ड (य)
अनुसार तोकेको शर्त पालना गरेर इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय
संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् ।

त्यसका लागि उनीहरुले सहायक कम्पनी स्थापना गर्नुपर्नेछ । सोही कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने छन् ।

त्यसमा योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा
गर्नुपर्नेछ, त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले
तोके अनुसारको जोखिम भार प्रदान गर्ने छ ।

त्यसका लागि वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु
पर्ने छ । पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित
नोक्सानीमा रहेको हुन नहुने व्यवस्था गरेको गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कार्यकारी प्रमुख राष्ट्र
बैंकको कारवाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए फुकुवा भएको तीन
वर्ष पुगेको हुनु पर्ने शर्त छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।