मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जनाएको छ । 

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ।

ठूलो पानी पर्ने ठाउँका नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नियमितजसो वर्षा भएकाले देशका खोला, नाला, नदीहरूमा बाढी आउन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ पनि उत्तिकै सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।