काठमाडौं । सरकारले लकडाउन गरेयता जेठ मसान्तसम्म ५ अर्ब ९० करोड ९६ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लकडाउको अवधिमा सबैभन्दा धेरै औषधि र औषधिको कच्चा पदार्थ भित्रिएको हो ।
यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात तथ्यांकमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिनसक्ने भन्दै ११ चैत देखि सरकारले मुलुकभर लकडाउनगरेपनि अत्यावश्यक वस्तुको आयात भने नियमितरूपमा भइरहेको छ ।
Comment