सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण बढ्नु, अमेरिकी फेडरल बैंकले ब्याजदर घटाउनु तथा सरकारले बजेट मार्फत बढाएको भन्सारदरका कारण नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

बुधबार सुनको भाउमा प्रतितोला १०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३ गते बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३६५ र चाँदीको मूल्य प्रतितोला ९३० रुपैयाँ तोकेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुनको मूल्य ८९ हजार २६५ र चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।