काठमाडौं । नेपाली काँग्रेसले साँसद तथा उद्यमी बिनोद चौधरीको संयोजकत्वमा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण तथा दिगो परियोजना केन्द्रित बिशेष समति गठन गरेको छ ।
समितिमा पार्टीभित्रका साँसदसमेत रहेका उद्यमी र व्यवसायी संलग्न छन् ।
समितिले कोरोनाका कारण लगानी, पूर्बाधार र रोजगार लगायतका क्षेत्रमा परेका समष्या र उपाय सहितको सुझाव पार्टीको अर्थतन्त्र केन्दित बिशेष समितिमा बुझाउने छ । डा रामशरण महतको नेतृत्वमा अर्थतन्त्र केन्द्रित बिशेष समिति केहीदिन अघिमात्र गठन भएको छ ।
Comment