भारतमा एकै दिन १७५ कोरोना संक्रमितको मृत्यु , संक्रमितको संख्या ४६ हजार ४ सय ३७

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिले बढेको छ । सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।

संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ। सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो।

त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।