अलबिदा ऋषि कपुर …

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ।

क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएका ६७ वर्षीय कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए।

उनको चलचित्र करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए।

हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।