चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशत हुने सरकारको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ।

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष २.२७ प्रतिशतको वृद्धिदरमात्र सम्भव हुने अनुमान रहेको छ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो ।

कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा न्यून हुनपुगेको विभागको दाबी रहेको छ ।

विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्नु परेको विभागले जनाएको छ । कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ ।

बन्दाबन्दीका कारण सबैभन्दा धेरै होटल तथा रेस्टुँरा, यातायातजस्ता क्षेत्रमा गहिरो असर परेकोले जेठबाट क्रमश नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको तथ्यांकमा उल्लेख छ।

यता, विश्व बैंकले पनि सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा सीमित रहने प्रक्षेपण गरिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।