काठमाडौं । नेपालमा बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् ।
बिहीबार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो।
तेस्तै , बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको छ । पेप्सीकोलाको सिनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलालाई घर पठाइएको हो।
नेपालमा कोरोना संक्रमणको उपचारपछि घर फर्कनेको संख्या ९ पुगेको छ।
Comment