फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने , किन्यो ९.९ प्रतिशत शेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतीय दूरसञ्चार प्लेटफर्म जियोमा ५.७ अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

भारतीय बजारमा ब्रोडब्यान्ड,मोबाइल इकमर्श प्लेटफर्म सञ्चालन गरिरहेको जियो प्लेटफर्ममा फेसबुकले ९.९ प्रतिशत सेयर लिने घोषणा गरेको हो।

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ ।

बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।

यससँगै रिलायन्स जियोमा फेसबुक कम्पनीको दोस्रो सबैभन्दा ठूलो शेयरधनी बन्नेछ ।

३८ करोड ८० लाखभन्दा धेरै ग्राहक रहेको रिलायन्स जियो मुकेश अम्बानीको स्वामित्वको कम्पनी हो ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गत सञ्चालित उक्त कम्पनी सन् २०१६ मा स्थापना भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।