मौसम पूर्वानुमान आंशिक बदलीसँगै वर्षाको सम्भावना-कहाँ कस्तो रहने छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन आंशिक बदलीसँगै वर्षाको सम्भावना  रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

माघ १८ गते (शनिबार)

दिउँसोः  देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १९ गते (आइतबार)

दिउँसोः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका केही स्थानहरुमा हुस्सुरकुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।