Logo
७ भदौ २०८३, आइतबार Loading...
Logo
७ भदौ २०८३, आइतबार
  • Home
  • News
  • Business
  • Banking
  • Industry
  • Tourism
  • Insurance
  • Inverview
  • Opinion
  • More
    • Budget
    • Auto
    • Election
    • Employment
    • Food & Beverage
    • Religion
    • Science
    • Security & Crimes
    • Society
    • Share News
    • Corporate
    • Gold & Silver
    • Agriculture
    • Employment
    • Market

Search

  • एमाले कांग्रेस निर्वाचन आयोग नीति तथा कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी बजेट राष्ट्रिय स्वतन्त्र पार्टी
  • Home
  • News
    • Tourist
    • Share News
    • Insurance
    • Corporate
    • Gold & Silver
    • Agriculture
    • Employment
    • Market
  • Business
  • Politics
  • Interview
  • Opinion
  • Entertainment
  • Lifestyle
  • Sports
  • Education
  • Budget
  • Auto
  • Food & Beverage
  • Religion
  • Science & Technology
  • Security & Crimes
  • Society
0
Shares

चीनबाट आउनेमाथि विमानस्थलमा विशेष निगरानी

ActPro Nepal
८ माघ २०७६, बुधबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस) बाट प्रभावित हुने मानिसको संख्या २ सय पुगिसकेको छ भने अहिलेसम्म करिब २२५ जनामा संक्रमण देखिएको छ  ।

केही दिन अघि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका नेपाली युवाको नमूना जाँचका लागि ‘स्याम्पल’ हङकङ पठाइएको छ ।कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर हेमन्त वझाले बताए ।

चीनमा देखिएको नयाँ भाइरस ९कोरोनाभाइरस०को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले ती युवाको स्याम्पल हङकङ पठाइएको डा वझाले बताए ।

नेपालमा कोरोना लागे नलागेको परीक्षण गर्ने उपकरण नै नभएको चिकित्सकहरुको भनाइ छ । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको समन्वयमा ती युवाको स्याम्पल परीक्षणका लागि हिजो ९मंगलबार० हङकङ पठाइएको डा वझाले बताए । उनले भने, ‘केही दिन अघि कोरोना भाइरसको आशंका गरीएका युवाको स्याम्पल हामीले डब्लुएचओको सहायतामा हिजो हङकङ पठाएका छौं ।’

पुस २९ गते चीनबाट स्वदेश फर्किएका ३२ वर्षीय नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा ४ दिनसम्म शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो ।अध्ययनका लागि चीन रहेका ३२ वर्षीया ती नेपाली युवा कोरोना भाइरसको संक्रमण फैलिएको चीनकोे वुहान राज्यबाट विदामा स्वदेश फर्किएका थिए ।

उनमा ज्वरोको लक्षण देखिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो आउनु भनेको कोरोना भाइरसको लक्षणमध्ये एक हो ।ती युवाको स्याम्पलहरु लिएर उनको ज्वरो ठिक भएपछि शुक्रराज अस्पतालले उनलाई माघ ३ गते अस्पतालबाट डिस्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा वझाले जनाकारी दिए ।

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि उहाँ हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ , अहिले उहाँ र उहाँको परिवारमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन,’ डा वझाले भने, ‘उहाँसँग हामी दैनिक सम्पर्कमा नै छौं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Comment

Related News

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३, आइतबार

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

७ भदौ २०८३, आइतबार

काठमाडौँका ९२ निजी विद्यालयसँग महानगरले माग्यो स्पष्टीकरण

७ भदौ २०८३, आइतबार

गरिमा चौधरीका अभिभावक र सरकारबिच सहमति

७ भदौ २०८३, आइतबार

Latest News

१.

पूर्वराजा ज्ञानेन्द्रसँग धवलशम्शेर राणाको भेट, भने– ‘फलदायी रह्यो’

७ भदौ २०८३, आइतबार


२.

सुनको मूल्यमा उतारचढावका बीच साउनमा भित्रियो ५० किलो सुन

७ भदौ २०८३, आइतबार


३.

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३, आइतबार


४.

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

७ भदौ २०८३, आइतबार


५.

हेटौंडा कपडा उद्योगको निरीक्षण गर्न पुगिन् उद्योगमन्त्री यादव

७ भदौ २०८३, आइतबार


Logo

About Us

Our Team

Unicode

Act Pro Nepal Media Pvt. Ltd.

  • Tarakeswar - 04, Kathmandu
  • [email protected]
  • +977-9843600036 , 9801843552

DOIB Reg. No.: 2295/077/78

Chairperson : Dipak Ghimire

Editor : Laxmi Ghimire

   © Act Pro Nepal Media Pvt. Ltd. 2019 - 2026 All RIGHTS RESERVED | Developed by : Appharu.com