add

पत्रकार लिम्बुको बर्षगाँठ शुभकामना सावर्जनिक (भिडियोसहित)






ActPro Nepal

|

२० फागुन, २०८०

|
298

काठमाडौं । कला र ग्लामर क्षेत्रमा नवप्रवेशी खुशी लिम्बुले अभिनेत्री तथा मोडल शर्मासंग अभिनय गरेको आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

पत्रकारिता, समाजसेवा र एनआरएन अभियन्ता लिम्बूको यसअघि आफ्नै स्वर र अभिनयको प्रस्तुति मैच्याङको गालाको कोठी गीतले निकै चर्चा बटुलिसकेको छ । लिम्बूको दोश्रो प्रस्तुति बर्षगाँठको शुभकामना गीतमा संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका हुन् । प्रस्तुत युगल गीतमा संगीतकार तारा प्रकाश लिम्बू आफैंले स्वर भरेका छन् भने महिला स्वरमा चर्चित गायिका अन्नु चौधरीको आवाज सुन्न सकिन्छ।

निर्देशक सुरेश पाण्डे द्वारा निर्देशित बर्षगाँठको शुभकामना साँगीतिक भिडियोलाई खुशी लिम्बू दम्पत्तीले शताब्दीको एक चौथाईको आफ्नो प्रेमको उदाहरणीय नमूना भनेका छन् ।

म्युजिक भिडियोको दृष्यमा विशेषगरी युगल दम्पत्तीको घर र प्रेमभावलाई दर्शाइएपनि पृष्ठभूमिमा काठमाण्डौं उपत्याका एक भाग समेत देखाइएको छ । भिडियोको छायाङ्कन बरिष्ठ छायाँकार सौरभ लामा र हिमाल श्रेष्ठले गरेका हुन् । त्यस्तै श्रृङुगार सञ्जू थल्लङ गरेका हुन् भने प्रोडक्सन म्यानेजर मनोज जोशी हुन् ।

सांगीतिक क्षेत्रमा अहिले निकै नै ब्यस्त गीतकार जानु काम्बाङ लिम्बुको रचनाले गीत, भिडियो र प्रेमभावबीच उत्कृष्ट संयोजन गरेको छ । सबै सर्जकहरुको संयुक्त प्रतिभाले गीत, संगीत र भिडियोलाई जीवन्तता प्रदान गरेको छ ।

म्युजिक भिडियोको विशेष आकर्षण अभिनेत्री तथा मोडल गरिमा शर्मा हुन् । उनको अभिनय, शैली र सुन्दरताले बर्षगाँठको शुभकामना म्युजिक भिडियोले दम्पत्तीबीचको प्रेमलाई मूर्तता दिएको छ। लिम्बू दम्पत्तीले भिडियोको अन्त्यमा सबै सर्जक र सहयोगीहरुप्रति कृतज्ञता ज्ञापन गर्दै आफ्ना परिवार, साथीहरू र शुभचिन्तकहरुलाई विगत २५ बर्षसम्मको यात्राको प्रोत्साहन र शक्तिको श्रोत भनी उल्लेख गरेका छन् ।

बर्षगाँठको शुभकामना म्युजिक भिडियोलाई एचडी र फोरके क्वालिटीमा खुशी लिम्बु युट्युब च्यानल खुसी लिम्बु मा हेर्न सकिन्छ । साथै, गीत फेसबूक रील, इन्टाग्राम रील, टिकटोक र आमेजन जस्ता अडियो प्लेटफार्महरुमा समेत उपलब्ध भइसकेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.