add

ट्राफिक प्रहरीले चोरी भएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगायो






ActPro Nepal

|

१९ साउन, २०७८

|
1595

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन  खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार,ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर, कुमारीपाटी र गोकर्णेश्‍वर लगायतका विभिन्न स्थानबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।


एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिईरहेको बताए ।

उनले भने-‘अधिकांश मोटरसाईकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाईवेचबिखन गर्ने गरेको पाईएको छ ।’


त्यसकारण सवारी धनीले सवारी साधन चोरी हुन सक्छ भनी सावधानी नअपनाउँदा सवारी चोरी भईरहेकोले सम्बन्धित सवारी धनी एवम् चालकस्वयम् जिम्मेवार भई पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव दिए ।


ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरु बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गर्द्छन र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।


चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Vehicle Application लगईन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।

सम्बन्धित विषय





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.