add

जान्नुहोस शुद्धिकरण भनेको के हो ?






ActPro Nepal

|

४ साउन, २०७८

|
1375

हाम्रो शरीरले सधैँ आराम खोज्छ । मस्तिष्कले शान्तमय वातावरण खोज्छ र मनले शान्ति खोज्छ  । शान्ति भनेको सातचक्रभित्र तरंगित हुने नबग्रह लगायतको प्रकाश रुपी आत्मालाई लयबद्ध गराउनु हो । जसरी सितार बादकले सितारको तार नमिलाई धुन बजाउन सक्दैन अथवा त्यो धुन कसैले मन पराउँदैन, त्यसैगरी हाम्रो शरीरभित्र तरंगित हुने तरंगहरुलाई लयबद्ध गराउन नसके जीवनमा छट्पटी हुन्छ । शरीरलाई सात्विक भोजन र नियमित योगासन÷व्यायाम गरेर शुद्ध पारिन्छ । मस्तिष्कलाई शुद्ध पार्न ध्यान र मन्त्रोचारण गरिन्छ तर प्रकाशरुपी आत्माबाट तरंगित हुने मनलाई कसरी शान्ति ल्याउने वा शुद्धिकरण गर्ने भन्ने कुरा चाहिँ धेरैले बुझेका छैनन् । बिशेषगरी पश्चिमी देशका मानिसहरुले यसको भेउ नै पाएका हुँदैन । उनीहरुले गरेको योगभ्यासले आराम त दिन्छ, तर आध्यात्मिक जागरण ल्याउँदैन, मनमा शान्ति ल्याउँदैन । पहिलो कुरा त शरिर र मनको शुद्धिकरण हुनु अपरिहार्य छ ।

हवनले पवन शुद्ध, शाकाहारी भोजनले शरीर शुद्ध

भक्तिले भावना शुद्ध अनी  समर्पणले प्रेम शुद्ध ।

योग ध्यानले आत्मा शुद्ध र दानले धन शुद्ध

सत्कर्मले मन शुद्ध अनी सत्संगले ज्ञान शुद्ध ।

वैदिक शास्त्रहरुले हाम्रो ५ प्रकारका ऋणहरुः– ईश्वरको ऋण÷दबव ऋण, पितृकुल ऋण, ऋषिहरुको ऋण, बुवाआमाको ऋण र शिक्षक शिक्षिकाको ऋण हुन्छ भनेर भन्दछ । ईश्वरसँग कृतज्ञ भएर पूजा गर्नाले ईश्वरको ऋण तिरिन्छ । प्रकृतिलाई प्रेम गरेर देब ऋण तिरिन्छ । पितृकुलको उद्धार गरेर वहाँहरुको ऋण तिरिन्छ । यज्ञ होम गरेर र वैदिक ज्ञान बाँडेर ऋषिमुनिहरुको ऋण तिरिन्छ । बिशेष गरी गुरुपूर्णिमामा पूजा गर्नु उययूक्त हुन्छ । आफूलाई जन्म दिने बुवाआमालाई सेवा ढोग गरेर, पालनपोषण गरेर बुवा आमाको ऋण तिरिन्छ । र आफुलाई पढाउने शिक्षक शिक्षिकालाई बेलाबेलामा उपहार दिएर वहाँहरुको ऋण तिरिन्छ । “दैवले दिने पितृले हर्ने” भने झैं ईश्वरले दिएको कुरा पनि पितृले हर्न सक्छन् । त्यसैले पितृकुल पुजा अत्यावश्यक छ ।

घरमा आफैले गर्ने हो भने – “ॐ पितृदेवो भवः मातृ देवो भवः समस्त कुल देवो भवः ॐ नाग करिकर देवदत्तं धनन्ञ्जय ” भनेर जल, पुष्प, फल, नैबेद्य, धुप अर्पण गर्नु पर्दछ । त्यस्तै बेलाबेलामा नागपूजा र ग्रह स्वस्ति शान्ति पनि आवश्यक छ । यसरी जीवनमा समृद्धि र शान्तिको लागि ऋण चुक्ता तथा शरीर, मस्तिष्क र मनको शुद्धिकरण अपरिहार्य छ ।


सत्य के हो त ? के हामी सबै आध्यात्मिक बन्नुपर्छ ?

एउटा ठूलो भ्रम मानिसहरुमा के छ भने, पहेंलो ब्रस्त्र, खरानीको टीको, जपमाला घाँटीमा भिरेको मान्छेलाई आध्यात्मिक भन्ठान्छन् । देखावटी र ढोंगी समाजले यसरी पनि अध्यात्मलाई प्रदुषित पारेको छ । वास्तवमा जीवन र जगत्लाई राम्रोसँग बुभ्mने प्रयास गर्नु, स्वयं आपूmभित्र पसेर ब्रम्हाण्डीय ऊर्जाको सूक्ष्म अनुभब गर्नु र वैदिक संस्कार अनुरुप जीवनयापन गर्नु नै अध्यात्म हो । अध्यात्मिक बन्ने भन्दा पनि हुने कुरा हो । प्रकृतिको अद्भूत नियमलाई बुझी सकेपछि ईश्वर भक्तिभाव आफै जाग्दछ, सहअस्तित्वको बोध हुन थाल्दछ । जस्तो कि रुखबिरुवाहरुले दिएको प्राणवायु बाट हामीले जीवन पाएका छौं भने हामीले फ्याँकेको अपानवायु बाट बिरुवाहरु जीवित छन् । यो बुझिसकेपछि त त्यो मानिसले जथाभावी रुख काट्न सक्दैन, हैन र ? सम्पूर्ण प्राणी र बनस्पतिसँग गहिरो साइनो भएको महसुस गर्दछ । अब उसलाई मानबता, प्रेम र क्षमाको कुरा मनभित्रदेखि नै प्रस्फुटन हुन थाल्दछ । सत्य र असत्य सजिलै छुट्याउन सक्ने हुन्छ । त्यसैले म युवायुवतीहरुलाई बिहानबेलुकाको केही समय योगध्यानमा ब्यतित गर्न अनुरोध गर्दछु । त्यसको लागि सात्विक भोजन र पञ्चशीलको पालना पहिलो खुड्किलो हो किनकि साकाहारी भोजनले शरीर, मन र मस्तिष्क शुद्ध हुन्छ । शुद्ध मनले गरेका कार्यहरुले सकारात्मक परिणाम ल्याउँदछ र निश्चय नै त्यसपछि सन्तुष्ट भइन्छ । मन शान्त हुन्छ । अध्यात्म भनेको जीवनको छुट्टै पाटो होइन । बरु जीवन, जगत, प्रकृति र ब्रम्हाडीय ऊर्जाको गहिरो तालमेल बुझ्न सक्नु नै अध्यात्म हो ।


अब कुरा गरौं, सत्यको । सारा ब्रम्हाण्ड नै प्रकाशपुञ्ज हो  र यस धर्तीमा भएका प्रत्येक जीवजीवात्मालाई सूक्ष्म ज्योतिले संचालन गरिराखेको छ । त्यही सूक्ष्म ज्योति (नीलो–रातो–सेतो) बाट उत्पन्न तरंगनै चेतना हो । मानिस जनावर र बनस्पतिमा चेतनाको स्तर फरक परक हुन्छ । र हाम्रो मुटुको नेपथ्यमा रहेको सियोको टुप्पोभन्दा पनि सुक्ष्म प्रकाश (जसलाई हामी आत्मा भन्दछौं) ले हाम्रो मन–मस्तिष्क र शारीरिक गतिबिधिहरु संञ्चालन गरिराखेको छ । आत्मा र शरीर फरक कुराहरु हुन् । शरीर मर्दछ तर आत्मा अमर छ, यही नै सत्य हो । हामी परमात्माको अंश हौं र वहाँको सुन्दर सृष्टि । भौतिक संसार माँयामा जेलिएको छ । प्रकृतिमा देखिएका हरेक चिज नाशवान छ (हाम्रो शरीर पनि) तर त्यो आत्मारुपी प्रकाश तत्व शास्वत छ, न जन्मन्छ न मर्छ, यो नै सत्य हो ।

सबैले बुझ्ने भाषामा सांसारिक सत्यको कुरा गर्ने हो भने सबैले ढिलो चाँडो कर्मअनुसारको फल भोग्नुपर्दछ । यो सत्य हो । खुर्सानी पिरो हुन्छ, कागती अमिलो हुन्छ । दुधले तागत दिन्छ भने जाँडरक्सी सेवनले मानिसको राक्षसी प्रबृत्ति जन्माउँदछ, यो सत्य हो । यी डाँकाहरु बिदेशीका भरीयाहरुदले चुस्न सम्म चुसे । निर्दाेष नेपाली जनताहरुको आँसु, रगत र बीर्य पिउने राष्ट्रघाती नेताहरुको दिन अब सकियो । “कलौ ब्राह्मण राक्षस” अर्थात् कलीमा ब्रह्मज्ञान सिकाउने ब्राह्मणहरु चाण्डाल बाहुन बनेपछि राक्षस खोजीराख्नु पर्दैन भनेको हो । बि सं २०७७ मंशिर उत्पतीका एकादशीका दिन देखि बिधिवत्रुपमा कली समाप्त भएर त्रेता युग (रामराज्य) को आगमन भएको छ । अब सचेत नेपाली जनताहरुले पृथ्वीनारायण शाह, राजा महेन्द्र, जंगबहादुर जस्ता कुशल शाषकहरु खोजीरहेका छन् । २४० बर्ष भन्दा पछाडीको इतिहास नबुझनु हाम्रो  कमजोरी हो । बाबा गोरखनाथको आर्शिबादले इतिहासको कालखण्डमा मगर, मल्ल, महर्जन, राई, थारुहरु (सूर्यबंशीहरु) पनि त राजा भएका थिए नी होइन र ? इतिहास दोहोरिन्छ त्यो सत्य हो । र अहिले नेपाली जनताहरुले जनक जस्ता ज्ञानी राजा, हरिश्चन्द्र जस्ता दानी राजा, भगवान राम जस्ता स्नेहि राजा र प्रताप मल्ल जस्ता जनताको मनोभावना बुझ्ने लोकप्रिय राजा खोजिरहेका छन् । श्रीस्वस्थानीमा बर्णन गरिएको नवराज राजा कथामात्र नभएर हकिकत नै भएको थियो । अब छिट्टै नै सच्चा नेपालीहरुले राष्ट्रको अस्मिता बचाउने स्नेही राष्ट्रपिता हामी जनताहरुकै माझबाट छान्दछन् । यो पनि सत्य हो ।

तुशिता-नेपाल (जीवन को पाठशाला)   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.