add

विश्वका केही प्रख्यात व्यापारिक कम्पनीहरू र अहिलेकाे अवस्था






ActPro Nepal

|

१० कार्तिक, २०७७

|
1104

एप्पल कम्पनी

प्रविधि क्षेत्रका एक उदाहरणीय  “आइकन” स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब अमेरिकी डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ।  बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुनसक्दैन  । यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त कम्पनीले आफ्नो २ प्रतिशत सेयर सार्वजनिक बिक्री गरेकाले यो मूल्य विश्वसनीय मानिँदैन। छोटो समयमै यसको बजार भाउ घटेको थियो।

 स्टिभ जब्सले कम्प्युटर बनाउन आफ्ना इञ्जिनियर साथी स्टिभ वुजनेकसँग मिलेर सन् १९७६ मा यो कम्पनी स्थापना गरेका थिए। केही वर्षपछि जब्स आफैं निकालिए। त्यसपछि कम्पनी टाट उल्टिने संघारमा पुगेको थियो। त्यो बेला यसको प्रतिसेयर मूल्य एक डलरमा झरेको थियो। अहिले २०७ डलर नाघेको छ। यो कम्पनीले यति ठूलो आकार लिनुलाई अभूतपूर्व छलाङका रुपमा लिइएको छ।

सन् १९९६ मा जब्सको फिर्तीपछि एप्पल नाफामा जान थालेको हो। त्यो वर्ष यसको बजार मूल्य ३ अर्ब डलर थियो। जब्सले कम्पनी विस्तार गर्दै ल्यापटप र कम्प्युटरसहित मोबाइल, आइप्याड, आइपड, टिभी, घडी लगायत उत्पादन गर्न थाले जुन अहिले पनि जारी छ। गत वर्ष मात्र एप्पलले २८ करोड वटा आइफोन, आइप्याड र म्याक बिक्री गर्यो। यसैले कम्पनीलाई १० खर्ब डलरको उचाइमा पुर्याएको हो। दस खर्ब डलर भनेको यति ठूलो मूल्य हो, अमेरिकाका चार ठूला बैंक– बैंक अफ अमेरिका, जेपी मोर्गन, वेल्स फार्गो र सिटी ग्रुपको बजार मूल्य जोड्दा पनि एप्पलभन्दा कमै हुन्छ।

सबै प्रमुख अटोमोबाइल कम्पनी जोड्दा पनि एप्पल बराबर पुग्दैन। यसमा टोयोटा, बिएमडब्लु, होन्डा, फक्सवागन, फोर्ड, जनरल मोटर्स, टेस्ला, ड्याम्लर, ह्युन्डाइ, किया, मित्सुबिसी, निसान, फरारी लगायत अधिकांश नाम चलेका कम्पनी पर्छन्। हवाइ उड्ययन क्षेत्रसँग तुलना गर्ने हो भने संसारका ठूला एयरलाइन्स तथा हवाइ कम्पनीको मूल्य जोड्दा बल्ल एप्पलको नजिक–नजिक पुग्छ। सैन्य सामग्री आपूर्ति गर्ने संसारकै ठूलो कम्पनी लकहिड मार्टिनले गत वर्ष झण्डै तीन सयवटा हेलिकप्टर, लडाकु विमानलगायत हवाइ सामग्री आपूर्ति गरेको थियो। यसको मूल्य ९३ अर्ब डलर मात्र हो। संसारकै ठूलो हवाइ कम्पनी बोइङको मूल्य पनि जम्मा २९५ अर्ब डलर छ। अमेरिकाकै मिडिया कम्पनीको कुरा गर्ने हो भने, एटिएन्डटि, वाल्ट डिज्ने, कमकास्ट, ट्वान्टी फस्ट सेन्चुरी फक्स, नेटफ्ल्क्सिलगायत सबै प्रमुख प्रकाशन तथा टेलिभिजन च्यानलहरूको मूल्य जोड्दा १० खर्ब डलर पुग्दैन।

यी तीनै प्रविधि क्षेत्रका हुन् र सबैको कारोबार मूल्य जोड्दा २५ खर्ब डलरभन्दा बढी हुन्छ। यिनको मूल्य वृद्धि रफ्तार उच्च छ। यसमा पनि अमेजन चाँडै नै १० खर्ब डलर पुग्ने अनुमान विश्लेषकहरूले गरेका छन्। बेलायती अखबार द गार्डियनका अनुसार एप्पलको यो बजार मूल्य टर्की र स्वीटजरल्यान्डको समग्र अर्थतन्त्र बराबर हो। त्यस्तै संयुक्त अधिराज्य (युके) को समग्र अर्थतन्त्रको एक तिहाइ हो।

अल्फावेट

 विश्वको सर्वाधिक मूल्यवान कम्पनीको रुपमा गूगलको बाउ कम्पनी अल्फाबेट (Alphabet) आएको छ । गूगलको मूल कम्पनीको रुपमा केहि समय अघि मात्र स्थापना भएको अल्फाबेटले फेब्रुअरी १ तारिखमा सन् २०१५ को आम्दानी तथा सोहि वर्षको चौथो चौमासिकको आम्दानी सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको आम्दानीअनुसार सन् २०१५ भरी अल्फाबेटले २१.३ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ जुन अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढि हो ।

 कम्पनीले सन् २०१५ को चौथो चौमासिकमा ३.९७ बिलियन अमेरिकी डलर खूद आम्दानी गरेको छ । कम्पनीको अर्निंग पर शेयर अर्थात प्रति शेयर आम्दानी ८.६७ अमेरिकी डलर रहेको छ । अल्फाबेटको ए वर्गको शेयर तथा सी वर्गको शेयरको मूल्य उच्चरुपमा बढेको थियो, जसले अल्फाबेटलाई विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ । अल्फाबेटको दुुबै किसिमका शेयरको मूल्य ७५० अमेरिकी डलरदेखि ७ सय ८० अमेरिकी डलरसम्म पुगेको थियो । यहि शेयर मूल्यले एप्पलको स्थानलाई घटाउँदै अल्फाबेटलाई विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनाएको हो ।

अल्फाबेटको कुल बजार मूल्य अब ८ प्रतिशतले बढेर ५ सय ५८ बिलियन अमेरिकी डलर रहेको छ तर एप्पलको भने स्थिर हुँदै ५ सय ३५ बिलियन अमेरिकी डलर बजार मूल्य रहेको छ । अल्फाबेटको वार्षिक आम्दानीमा वृद्धि हुँदै गएको छ । यसको आम्दानी अघिल्लो वर्षको १२ प्रतिशतको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ । अल्फाबेटको सहायक कम्पनीको रुपमा रहेको गूगलको आम्दानी नै यसको मूख्य आम्दानी हो । गूगलको आम्दानीको प्रमुख स्रोत यसको विज्ञापन रहेको छ, यसको विज्ञापनमा एड क्लिकको संख्यामा वृद्धि हुँदै ३१ प्रतिशत पुगेको छ । यसको विज्ञापनको प्रति विज्ञापन क्लिक लागत घटेर १३ प्रतिशतले कमी आएको छ ।

गूगलको सेल्स कलको समयमा कम्पनीले यसका १ बिलियनभन्दा बढि मासिक जिमेल प्रयोगकर्ताहरु रहेका छन् । यसअघि यस्ता सक्रिय प्रयोगकर्ताहरु फेसबुक र ह्वाट्सएपको मात्र रहेका थिए । जे होस गूगल र अल्फाबेटको लागि फेब्रुअरी १ तारिख निकै महत्वपूर्ण दिन भएको छ, जुन दिन विश्वको मूल्यवान कम्पनीको ताज एप्पलबाट खोरिएर अल्फाबेटको शिरमा आएको छ । अल्फाबेट मूख्यरुपमा सफ्टवेयर कम्पनी हो, जुन केहि मात्रामा हार्डवेयरको क्षेत्रमा पनि काम गर्दछ । उता एप्पल भने हार्डवेयरमा आधारित मूख्य कम्पनी हो, जुन केहि मात्रामा सफ्टवेयरको क्षेत्रमा काम गर्दछ ।  अल्फाबेट जस्तो सफ्टवेयरमा आधारित कम्पनीको नाफामा उच्चवृद्धि हुनु तर एप्पल जस्तो हार्डवेयरमा आधारित कम्पनीको नाफा स्थिर वा सामान्य हुनुले आगामी दिनहरुमा हार्डवेयर व्यवसायको कठिन दिनहरु आएको त होईन भन्ने आशंका उब्जिएको छ ।

अमेजन डट कम

गत महिना अमेरिकी कम्पनी एप्पल दस खर्ब मूल्य छुने विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्यो। एप्पललाई पछ्याउँदै अमेरिकाकै कम्पनी अमेजन डटकम दस खर्ब छुने दोस्रो कम्पनी बनेको छ। अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति बनिसकेका छन्। बिल गेट्स र वारेन बफेट दुवैको सम्पत्ति जोड्दा जति हुन्छ, बेजोसको सम्पत्ति झन्डै त्यति नै छ। गेट्स लामो समय विश्वकै धनी बनेका थिए। उनलाई बेजोसले अहिले धेरै पछि छाडिसकेका छन्।

अमेजन विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी हो। अमेरिकामा हुने प्रत्येक एक डलरको कारोबारमा उसले ४९ पैसा पाउँछ। कम्पनीले ५ लाख ५० हजार जनालाई रोजगार दिएको छ। यसको वार्षिक राजश्व १ खर्ब ७८ अर्ब डलर छ।
अमेजन सुरुमा अनलाइन मार्फत् किताब बेच्न खोलिएको कम्पनी थियो। अहिले यो विश्वकै ठूलो बिक्रीकेन्द्र हो। डिभिडी, ब्लु रे, सिडीहरूका साथै, एमपिथ्री, अडियो किताब डाउनलोड, सफ्टवेयर, भिडियो गेम, विद्युतीय सामग्री हुँदै फर्निचर, खाद्यपदार्थ, खेलौना, गरगहना, लत्ताकपडा लगायत सबै किसिमका सामान बेच्दै आएको छ।  वित्तीय विश्लेषकहरूले अमेजनको यो रफ्तार कम नहुने आँकलन गरेका छन्। अमेजनको सेयर दिनप्रतिदिन बढ्दो छ। बेजोसको सफलता जति तेज छ, यात्रा त्यति लामो छैन।

उनी सन् २०१६ मा एकैपटक विश्वका पाँचौं धनी बनेका थिए। सन् २०१७ को सुरुआतमा तेस्रो स्थानमा थिए। सामान्य परिवारबाट आएका बेजोसको काम पनि एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको झैं ग्यारेजबाटै सुरु भएको थियो। सानैदेखि उत्सुक बेजोसले अनेकौं विषयमा उब्जिने आफ्ना जिज्ञासा हल गर्न ग्यारेजलाई प्रयोगशाला बनाएका थिए।
उत्सुक र जिज्ञासु स्वभावले नै बेजोसलाई किशोरावस्थामै ‘उद्यमी’ बनाएको हो। हाइस्कुल पढ्दै गर्दा उनले आफ्नो पहिलो व्यवसाय सुरु गरेका थिए। ठूला सपना देख्ने बेजोसले चारदेखि छ कक्षा पढ्ने विद्यार्थीलाई गर्मी विदामा शैक्षिक भ्रमण लैजाने संस्था खोले, जसको नाम थियो– द ड्रिम इन्स्टिच्युट।

पर्यटन व्यवसायबाट सुरुआत गरे पनि बेजोसको लगाव कम्प्युटरमा थियो। उनले कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरे। त्यसपछि सेयर कारोबार गर्ने थुप्रै फर्ममा काम गर्दै पुँजी बजारको अनुभव बटुले।
वित्तीय क्षेत्रको आकर्षक करिअरका बाबजुद बेजोसको मन त्यसमा अडेन। ‘आफैं केही गर्छु’ भन्ने रनाहाले भरिएका उनी कुनै कम्पनीको चार पर्खालभित्र खुम्चिएर बस्न चाहन्थेनन्। आफ्नो भविष्य आफैं कोर्न चाहन्थे। अन्ततः सन् १९९४ मा बेजोसले जागिर छाडे र सियाटल गए। त्यहीँ उनले बामे सर्दै गरेको इ–कमर्स व्यवसायमा हात हाले। त्यो उनको जीवनकै सबभन्दा ठूलो जोखिम थियो।

व्यावसायिक यात्राको पहिलो कदम पनि उनले त्यही ग्यारेजबाट चाले जसमा उनको बाल्यकालका उत्सुकता समेटिएका थिए। उनको अनलाइनमार्फत् किताब बेच्ने कम्पनी अमेजन डटकमको सुरुआत त्यहीँ भयो। उनको यो कम्पनी यति चल्यो, एक महिनामै अमेरिका तथा अन्य ४५ वटा देशमा अनलाइनमार्फत किताब बिक्न थाले। कम्पनीले जति प्रगति गर्थ्याे, बेजोसको उडान उति फराकिलो हुँदै गयो।

अमेजन डट कमले किताबमा मात्र सीमित नरहेर दैनिक जीवनमा आवश्यक पर्ने सबै किसिमका सामान उपलब्ध गराउन थालेको छ। उपभोक्ताको चाहनाअनुरुप कसरी चल्नुपर्छ भन्ने उनमा राम्रो ज्ञान छ। उनले भनेकै छन्, ‘उपभोक्तामा केन्द्रित हुनुहोस्, उनीहरूलाई सन्तुष्ट बनाउनुहोस्। उपभोक्तालाई केले खुसी बनाउँछ भनी खोज्न र उनीहरूको चाहनाअनुसार आविष्कार गर्न कहिल्यै नरोकिनुहोस्।’ अमेजनलाई विश्वकै ठूलो कम्पनी बनाएपछि धेरैले बेजोसलाई सोधेका छन्, ‘कहिलेकाहीँ कामको रनाहा भए पनि सफलता हासिल हुँदैन।  उनी दीर्घकालीन कदममा विश्वास राख्छन् र यहीअनुसार चल्छन्। यसनिम्ति अल्कालीन जोखिम र घाटा व्यहोर्न तयार हुनुपर्छ,’ बेजोस् भन्छन्, ‘भविष्य उजागर गर्नुछ भने आज ओझेलमा पर्ने निर्णय गर्न नडराउनुहोस्।’ चौबीस वर्षअघि उनले यही गरेका थिए। उनको भविष्य आज उजागर भएको छ।

बेजोसको जीवनदर्शन छ– सफलताको बाटो असन्तुष्टिहरूले कुँदिएका हुन्छन्। यो बाटो हिँडेर आफूलाई सावित गर्नुछ भने, मैले गर्न सक्नेजति गरिसकेँ भन्ने कहिल्यै नसोच्नुहोला। बरु सम्भावित र उत्साहित गर्ने विकासको खोजीतर्फ लाग्नुहोला।
यही दर्शनमा बेजोस अहिलेकै रफ्तारमा दौडिरहे, उनलाई अरु कसैले भेट्टाउन निकै मुश्किल हुने विश्लेषकहरूले बताएका छन्। उनको यही दौडले मंगलबार अमेजनलाई दस खर्ब मूल्यमा पुर्याएको छ। अब एप्पल र अमेजनबीच कुनले पहिले बीस खर्ब भेट्टाउनेछ भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ। धेरैले अमेजनको गति तीव्र भएकाले यही कम्पनीले त्यो कोशे ढुंगा पार गर्ने बताएका छन्।

माइक्रोसफ्ट

अमेरिकी कम्पनीहरू एप्पल र अमेजनपछि माइक्रोसफ्ट दस खर्ब डलर मूल्य छुने संसारकै तेस्रो कम्पनी बनेको छ। गत साउन र भदौमा एप्पल र अमेजन क्रमशः दस खर्ब डलर छुने सार्वजनिक कम्पनी बनेका थिए। पछिल्लो समय माइक्रोसफ्टको बजार उकालो लाग्दै गर्दा बिहीबार दस खर्ब डलर मूल्य छुने कम्पनी बनेको हो। अब विश्व व्यवसायमा एप्पल, अमेजन र माइक्रोसफ्ट गरी तीन अमेरिकी कम्पनी दस खर्ब डलरका भएका छन्। बिल गेट्स र पल एलेनले सन् १९७५ मा माइक्रोसफ्ट स्थापना गरेका थिए। प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पलअघि नै सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो दस खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त कम्पनीले आफ्नो २ प्रतिशत सेयर सार्वजनिक बिक्री गरेकाले यो मूल्य विश्वसनीय मानिँदैन। छोटो समयमै यसको बजार भाउ घटेको थियो।

 साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अराम्कोको मूल्य बीस खर्ब डलर हुनसक्ने अनुमान छ। हालसम्म यसले सार्वजनिक सेयर जारी गरिसकेको छैन। सार्वजनिक सेयर खरिद–बिक्रीबाट दस खर्ब डलर मूल्य छुने एप्पल नै पहिलो हो। एप्पलाई पछ्याउँदै अमेजन र माइक्रोसफ्ट पनि यो सूचीमा परेका हुन्।  माइक्रोसफ्टका गेट्स लामो समय विश्वकै धनी बनेका थिए। उनलाई बेजोसले अहिले धेरै पछि छाडिसकेका छन्। अमेजन सुरुमा अनलाइन मार्फत् किताब बेच्न खोलिएको कम्पनी थियो। अहिले यो विश्वकै ठूलो बिक्रीकेन्द्र हो। डिभिडी, ब्लु रे, सिडीहरूका साथै, एमपिथ्री, अडियो किताब डाउनलोड, सफ्टवेयर, भिडियो गेम, विद्युतीय सामग्री हुँदै फर्निचर, खाद्यपदार्थ, खेलौना, गरगहना, लत्ताकपडा लगायत सबै किसिमका सामान बेच्दै आएको छ।

वित्तीय विश्लेषकहरूले अमेजनको रफ्तार कम नहुने आँकलन गरेका छन्। अमेजनको सेयर दिनप्रतिदिन बढ्दो छ।
यी तीन कम्पनीले दस खर्ब डलर मूल्य छुनु चानचुने कुरा होइन। दस खर्ब डलर भनेको यति ठूलो मूल्य हो, अमेरिकाका चार ठूला बैंक– बैंक अफ अमेरिका, जेपी मोर्गन, वेल्स फार्गो र सिटी ग्रुपको बजार मूल्य जोड्दा पनि कमै हुन्छ। सबै प्रमुख अटोमोबाइल कम्पनी जोड्दा पनि पुग्दैन। यसमा टोयोटा, बिएमडब्लु, होन्डा, फक्सवागन, फोर्ड, जनरल मोटर्स, टेस्ला, ड्याम्लर, ह्युन्डाइ, किया, मित्सुबिसी, निसान, फरारी लगायत अधिकांश नाम चलेका कम्पनी पर्छन्। हवाइ उड्ययन क्षेत्रसँग तुलना गर्ने हो भने संसारका ठूला एयरलाइन्स तथा हवाइ कम्पनीको मूल्य जोड्दा बल्ल दस खर्ब डलर नजिक–नजिक पुग्छ।
सैन्य सामाग्री आपूर्ति गर्ने संसारकै ठूलो कम्पनी लकहिड मार्टिनले गत वर्ष झण्डै तीन सयवटा हेलिकप्टर, लडाकु विमानलगायत हवाइ सामग्री आपूर्ति गरेको थियो। यसको मूल्य ९३ अर्ब डलर मात्र हो। अमेरिकाकै मिडिया कम्पनीको कुरा गर्ने हो भने, एटिएन्डटि, वाल्ट डिज्ने, कमकास्ट, ट्वान्टी फस्ट सेन्चुरी फक्स, नेटफ्ल्क्सिलगायत सबै प्रमुख प्रकाशन तथा टेलिभिजन च्यानलहरूको मूल्य जोड्दा दस खर्ब डलर पुग्दैन। बेलायती अखबार द गार्डियनका अनुसार यो मूल्य टर्की र स्वीटजरल्यान्डको झन्डै समग्र अर्थतन्त्र बराबर हो। त्यस्तै संयुक्त अधिराज्य (युके) को समग्र अर्थतन्त्रको करिब एक तिहाइ हो। अब कुन कम्पनीले बीस खर्ब डलर भेट्टाउनेछ भन्ने प्रश्न उठ्न थालिसकेको छ। धेरैले अमेजनको गति तीव्र भएकाले यही कम्पनीले त्यो कोशे ढुंगा पार गर्ने बताएका छन्।

वालमार्ट

वालमार्ट विश्वमा खुद्रा व्यापारको ठूलो कम्पनी हो । वालमार्टको कर्मचारीले वर्षदिनमा कमाउने तलब यो कम्पनीको मालिकले एक मिनेटमा नै कमाउने तथ्य बाहिर आएको छ । सन् २०२० मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वार बन्ने भनेर अभियान सुरु गरेका बर्नी सैडर्सले कम्पनीका मालिक र कर्मचारीबीचको आम्दानीको अन्तरको विषयमा ट्वीट गरेका थिए । अमेरिकी अखबरा वासिटन पोस्टले यसलाई तथ्यांकत रुपमा विश्लेषण गरेको छ ।

वाल्टन फेमेलीसँग वालमार्टमा ५१.११ प्रतिशतको हिस्सेदारी रहेको छ । यसको मतलब कम्पनीको २ अर्ब ९५ करोड २४ लाख ७८ हजार ५२८ सेयरमा वाल्टन परिवारसँग १ अर्ब ५९ करोड ८९ लाख ८७४ सेयर वाल्टन परिवारसँग रहेको छ ।
कम्पनीले गतवर्ष २.०८ प्रति सेयर लाभांश घोषणा गरेको थियो । जसबाट वाल्टन परिवारले ३.१४ अर्ब अमेरिकी डलर लाभांशको रुपमा लिएका थिए । पाँच दिनसम्म काम र दैनिक २ दिनको बिदा तथा दैनिक ८ घण्टाको कामको हिसाबले कमादारले ४० घण्टा काम गर्छन् । यसलाई हेर्दा वाल्टन परिवारले प्रतिघण्टा १५.१० लाख डलरको कमाई गर्ने गर्छन् । अरु कम्पनीभन्दा वालमार्टमा एकसातामा ४० घण्टा नभएर ३४ घण्टाको पूर्ण समय काम हुन्छ । वालमार्ट कर्मचारी युनियनको वेवसाइटमा उल्लेख भए अनुसार वालमार्ट आफ्ना कर्मचारीलाई प्रतिघण्टा ९ अमेरिकी डलर दिन्छ । यस हिसाबले प्रतिसाता ३४ घण्टाको हिसाबले कर्मचारीले १५ हजार हजार डलर कमाउने गर्छ ।

तलबको तुलनात्मक अध्ययन गर्ने कम्पनी पेक्सेलका अनुसार वालमार्टमा औसतमा एक घण्टामा काम गर्ने कर्मचारीले १२ अमेरिकी डलर कमाउने गर्छ । जसमा म्यानेजर समेत तलब जोडिएको छ । कम्पनीले भने प्रतिघण्टा ११ अमेरिकी डलरको दाबी गर्ने गर्छ । अमेरिकी कानूनको हिसाबले अधिकत्तम ४० घण्टाको हिसाबले गर्दा वालमार्टका कर्मचारीले वर्षमा २२ हजार ८८० अमेरिकी डलर कमाउने गर्छन् । अमेरिकाको कानूनमा लाभांशमा भन्दा आयकरमा बढी कर लाग्छ । अमेरिकामा ६ लाख १२ हजारभन्दा बढी डलर आम्दानीमा ३७ प्रतिशत कर लाग्छ । जबकी लाभांशबाट हुने आम्दानी २० प्रतिशत कर लाग्छ । यद्यपी धेरै काम गर्ने कर्मचारी आयकरमा आएका भने हुँदैनन् । वालमार्टमा काम गर्ने कर्मचारीले तलबको ६.२ प्रतिशत रकम सामाजिक सुरक्षा करको लागि काटिन्छ । वाल्टन परिवार करबाट मुक्त छ । वाल्टन परिवारको आम्दानी १ लाख ३२ हजार डलरभन्दा बढी भएको हुँदा सामाजिक सुरक्षा करबाट मुक्त रहेको छ ।

अराम्को

विश्वमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा तलब भने थोरै हुने गरेको पाइएको छ । साउदी अरेबियाको तेल कम्पनी अराम्कोले विश्वव्यापी तेल उत्पादनमा ठूलो हिस्सा ओगट्ने मात्र होइन, उसको निर्णयमा राष्ट्रको भाग्यसमेत निर्भर छ । तर, कम्पनीका कर्मचारीले भने तुलनात्मक रूपमा कम तलब पाउने गरेका छन् । अराम्को साउदी अरेबियाका लागि दुहुनु गाईजस्तै कम्पनी हो । तर, अन्यत्रका समकक्षीका तुलनामा यस कम्पनीका कार्यकारीको जीवनशैली भने निकै साधारण हुने गरेको छ ।

गत वर्ष प्रमुख व्यवस्थापकीय र सञ्चालन समितिका कुल १७ सदस्यबीच ३ करोड डलरबराबरको लाभ बाँडिएको थियो । यो प्रतिद्वन्द्वी कम्पनी एक्सोन मोबिल कर्पोरेसन र चेभ्रोन कर्पोरेसनमा बाँडिएको लाभको तुलनामा आधा मात्रै हो । सन् २०१६ मा कम्पनीका प्रमुख कार्यकारी अधिकारी आमिन नासरले ५० लाख डलरबराबरको रकम बुझेका थिए । यो सोही समयमा एक्सोनका प्रमुख कार्यकारी अधिकारी रेक्स टिल्लर्सनले पाएको रकमको पाँच भागको एक भाग हो । कर प्रणालीलगायतका कुरालाई लिने हो भने पनि यो संख्या कम्पनीका लागि तय गरिएको उच्चस्तरको योजनाको तुलनामा निकै कम हो ।

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले सरकारले कम्पनीमा भएको सेयर बिस्तारै बिक्री गर्न थालेपछि कम्पनीको मूल्यांकन २ ट्रिलियन डलरमा पु¥याउने चाहना व्यक्त गरेका छन् । यो सन् १९७० को दशकमा कम्पनी राज्य नियन्त्रणको दायरामा आएपछिको सबैभन्दा ठूलो आर्थिक परिवर्तनको केन्द्रबिन्दु हुनेछ । सी सुट (कम्पनीभित्रका कार्यकारीस्तरका म्यानेजर) भित्र, वरिष्ठ कार्यकारी अधिकारीलाई लामो समयदेखि दीर्घकालीन सफलताले अन्य सबै प्राथमिकतालाई कुल्चिदिन्छ भनेर सिकाइएको छ । यो व्यक्तिगत सुधारभन्दा पनि राज्यको भविष्यको कुरा हो, भनिएको छ ।
साउदी अरेबियाको तेल कम्पनी अराम्कोले विश्वव्यापी तेल उत्पादनमा ठूलो हिस्सा ओगट्ने मात्र होइन, उसको निर्णयमा राष्ट्रको भाग्यसमेत निर्भर छ । तर, कम्पनीका कर्मचारीले भने तुलनात्मक रूपमा कम तलब पाउने गरेका छन् । अन्यत्रका समकक्षीका तुलनामा यस कम्पनीका कार्यकारीको जीवनशैली निकै साधारण हुने गरेको छ ।

अराम्कोले औसत तथ्यांकभन्दा तल गएर क्षतिपूर्तिको संख्या सार्वजनिक रूपमा खुलाएको छैन । यो नीति व्यवस्थापकहरूलाई अराम्कोको रणनीति र उद्देश्यअनुरूप क्षतिपूर्ति दिनका लागि रहेको साउदी अरेबियाली तेल कम्पनी पनि भनिने अराम्कोका प्रवक्ताले बताएका छन् । मोहम्मदले सुधारको प्याकेज ‘भिजन २०३०’ लाई सहयोग गर्न कम्पनीका केही सेयर लगानीकर्ताभन्दा बाहिरका मानिसलाई बिक्री गर्न चाहेका छन् । उनको लक्ष्य भनेकोे अर्थतन्त्रलाई विविधीकरण गर्नु, बेरोजगारी घटाउनु र तेलमाथिको निर्भरतालाई कटौती गर्नु रहेको छ ।

गत वर्ष अराम्कोले १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो । यो उसका प्रतिद्वन्द्वी कम्पनी एक्सोन, चेभ्रोन, रोयल डच सेल पिएलसी, बिपी पिएसी र टोटल एसएको कुल आम्दानीभन्दा धेरै हो । साथै, यसको आइपिओ (सार्वजनिक सेयर निष्कासन) को लक्ष्यले यसलाई विश्वको सबैभन्दा मूल्यवान् सार्वजनिक कम्पनी बनाउँछ । कम्पनीको तेल आम्दानीले हाउस अफ स्क्वाडका सदस्यको जीवनशैलीमा निकै सहयोग गरेको छ । अमेरिकी व्यावसायिक पत्रिका ब्लुमबर्गको अर्बपति सूचकका अनुसार उनीहरूको कुल नेट वर्थ अनुमानित १ खर्ब डलर रहेको छ । तर, अराम्कोका सञ्चालन समितिका सदस्यले अमेरिकी मापदण्डअनुसारको प्याकेजको आकारलाई खारेज गरिसकेको पहिचान उल्लेख नगर्ने सर्तमा केही व्यक्तिले बताएका छन् । त्यस्तै दीर्घकालीन प्रदर्शन राम्रो बनाउने सर्तमा अल्पकालीन परिणामलाई बढाउन कर्मचारी प्रेरित हुन सक्नेबारे पनि कम्पनीका निर्देशकहरू सशंकित रहेको उनीहरूले बताए ।

समितिले अराम्कोका कार्यकारीले पाउने प्याकेज अमेरिकी र युरोपेली मापदण्डअनुसार बनाउन अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष अपिल गर्ने तरिकाको खोजी गरेको छ । निर्देशकहरूले सेयर र दीर्घकालीन सुविधा तथा पुरस्कार दिनेबारे पनि सोचिरहेको बताइएको छ । समितिले अराम्कोका सम्पूर्ण कर्मचारीलाई समता पुरस्कार प्रदान गर्नेबारे पनि विचार गरिरहेको यस मामिलासँग जानकार व्यक्तिले बताएका छन् । अराम्को र राज्य नियन्त्रणमा रहेका अन्य ठूला तेल कम्पनीको तलबमा पनि ठूलो अन्तर रहेको छ । अराम्कोमा काम गर्दा तलबबाहेक अन्य थुप्रै लाभहरू पनि पाइन्छन् । उपयुक्त उम्मेदवारले त युवा अवस्थामै यहाँ जागिर पाउँछन् । यहाँ जागिर पाउनु भनेको अमेरिकी युनिभर्सिटीमा शिक्षा पाउने र दीर्घकालीन रोजगारी सुरक्षाको टिकटसमेत रहेका छन् । तैपनि, कम्पनीको आम्दानीको तुलनामा कर्मचारीले पाउने पारिश्रमिक तथा सेवासुविधा न्यून रहेको देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.