विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सम्पूर्ण मानव जगतमा प्रतिकूल प्रभाव पारेको छ । वर्तमान समयमा पारिस्थितिक प्रणालीमा आएको दुर्बलता स्वरुप प्रकृतिसँगको सामिप्य चक्रको असन्तुलनलाई सन्तुलनमा ल्याउन भाइरस सक्रिय भएको देखिन्छ । एक व्यक्तिसँग अर्को व्यक्तिको समानान्तर सम्पर्कबाट सजिलै सर्ने कोेरोना भाइरसको संक्रमण भएपछि मानिसमा सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको समस्यासम्म देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणलाई फैलन नदिन विश्व मानव समुदायलाई आग्रह गरेको छ । नेपाल जस्तो अल्पविकसित मुलुक तथा आर्थिक रूपमा सबल बन्दैगरेको मुलुकमाथी महामारीको प्रभाव ज्यादै नै रह्यो । आर्थिक क्रान्तिको पथमा पाइला चालिरहेको यो मुलुकमा लामो समयसम्म गरिएको बन्दाबन्दीले सबै वर्गलाई कुनै न कुनै किसिमबाट प्रत्यक्ष असर पार्यो । आवतजावत र व्यापार व्यवसाय ठप्प हुँदा नेपाल मात्र होइन संसारकै अर्थ व्यवस्थामा नराम्रो असर पर्यो ।
अघिल्लो वर्ष आईएमएफले गरेको सर्भेले आईएमएफका कुल सदस्य १८९ देशमध्ये १६० देशहरुको प्रतिव्यक्ति आय सन् २०२० मा बढ्ने अनुमान गरेको थियो भने अहिले १७० भन्दा बढी देशहरुको प्रतिव्यक्ति आय घट्ने अनुमान भइसकेको छ । विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ । हरेक देशले आफ्नो देशको अर्थतन्त्रलाई सहज बनाइ राख्न, नागरिकहरुलाई न्यूनतम आयको रकम प्रदान गर्न, व्यवसायलाई जीवित राख्नका लागि आफ्नो सञ्चिती र क्षमता अनुसार गरेर ८ ट्रिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग, राहत या वित्तीय सहयोग घोषणा गरिसकेका छन् । जुन अझै अपर्याप्त भइरहेको छ । व्यापार, व्यवसाय, बैैैंकिङ साथै अन्तर्राष्ट्रिय र घरेलु पर्यटन ठप्प भैसकेको छ । त्यसको असर नेपालको समग्र अर्थतन्त्रको पर्ने पक्का छ । छिमेकी मुलुकसँगको सीमा बन्द र यात्रामा लगाइएको प्रतिबन्धले वस्तु तथा मानवीय गतिविधिमा कमी भई पर्याप्त मालसामाग्री आउने सम्भावना नहुँदा भने पर्यटन क्षेत्र तथा व्यापारमा व्यापक शिथिलता आएको छ । यसका साथै आन्तरिक मागमा कमी भइ खुद्रा व्यापारमा समेत व्यापक कमी आएको छ ।
नेपालमा उद्योगधन्दा सञ्चालनमा पनि भौतिक दूरी कायम राख्नुपर्ने र कोरोनाको उच्च जोखिम लगायत कारणले नेपालका उद्योगधन्दा तथा व्यापार व्यवसाय ३ र ४ महिना बन्दको स्थितिमा पुगे । जसका कारण अर्थतन्त्रका मुख्य क्षेत्र लगायत अन्य मझौला क्षेत्रमा पनि ठूलो असर पुग्यो । परिणामस्वरूप उत्पादन घट्न पुगेको छ भने अर्थतन्त्र ओरालो लागेको छ । कुनै कार्यालयमा काम गर्ने वा स्वरोजगार भएका धेरै नागरिकले आफ्नो रोजगार गुमाउनुपरेको अवस्था छ । रोजगारी प्रदान गरेर व्यवसाय सञ्चालन गरेका कतिपय व्यक्तिले आफ्नो उद्योग व्यवसाय ठप्प भएपछि अन्तमा आफैं बेरोजगार बन्नुपरेको अवस्था छ ।
मानिसको दैनिक गुजारा गर्ने माध्यममा महामारीले प्रत्यक्ष रूपमा असर गरेको छ । जसका कारण बजारमा उत्पादित वस्तुको खपत हुन सकेको छैन । त्यसको असर सोझै उत्पादनमा पर्ने छ । कृषि र कृषिजन्य गतिविधिमा अत्यधिक कमी आएको । विविध क्षेत्रमा पर्ने प्रभावको कारण सरकारको राजस्वमा समेत उल्लेख्य गिरावट आएको छ । देशको अर्थ व्यवस्थासँग जोडिएका सबै क्षेत्रमा ठूलो असर परेको छ । यो अवस्थालाई सहजिकरण गर्न र सुल्झाउन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले पनि केही नीतिगत तथा केही रकममा सहयोगको घोषणा गरेका छन् । नेपाल सरकारको सञ्चितीकोको अवस्था अरु देश जस्तो छैन । बर्षेनि राजस्व तथा अन्य स्रोतबाट पैसा उठाएर राज्यले खर्च गर्दछ । अपेक्षित पुँजीगत खर्च नभएकाले केही पैसा बच्ने मात्रै हो ।
दोस्रो कुरा यो थोरै रकमलाई प्राथमिकता अनुरुप बाँडफाँड गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्ने आँकलन गर्दै नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत बिन्दुले घटाएपछि वाणिज्य बैंकहरूले सबै प्रकारका निक्षेपको ब्याजदर यसैको हाराहारीमा घटाउने भद्र सहमतिको निर्णय गरेका थिए । यसैअनुसार बैंकहरूले साधारण बचत, मुद्दति र कल डिपोजिटको ब्याजदर १ देखि साढे १ प्रतिशत विन्दुले घटाएको सूचना सार्वजनिक गरे, त्यसपछि पनि राष्ट्र बैंकले एक्कासि २ प्रतिशत विन्दुले घटाउन निर्देशन जारी गर्यो । राष्ट्र बैंकको सो निर्देशन लागू गर्दा चौथो त्रैमासमा झन्डै १० ओटा वाणिज्य बैंक घाटामा गएका छन् ।
कोरोना महामारीका कारण मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो । एक वर्षमा बैंकको नाफामा ६.६३ अर्थात १० करोड ९० लाख रुपैयाँले गिरावट आएको हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ देखिएको छ । बैंकका अन्य सूचकहरु राम्रै देखिएका छन् । निक्षेपमा राम्रै सुधार गरेको बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ । तेस्तै नविल बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा ३ अर्ब ५६ करोड रुपैयाँले मूनाफा आर्जन गरेको छ । विश्वव्यापी कोरोना महामारीका कारण बैंकको मूनाफामा केहि कमी आएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा ४ अर्ब २३ करोड रुपैयाँ मूनाफा आर्जन गरको थियो । बैंकको करिब १६ प्रतिशत अर्थात ६७ करोड रुपैयाँले मूनाफा घटेको हो ।
(कोभिड–१९) का कारण समग्र अर्थतन्त्रमा असर परेको कारण बैंकको मूनाफा घटे पनि अन्य सूचकहरु राम्रै देखिएका छन् । (कोभिड–१९) को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गरिरहेको एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ
पु-याउन सदुपयोग गरिनेछ । त्यस्तै गरि ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ७० करोड २६ लाख १४ हजार ८ सय ९४ रुपैयाँ कमाएको जानकारी दिएको हो । दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भए बनेको यस बैंकले वित्तीय अवस्थामा राम्रै सुधार गरेको छ ।
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १२ करोड २८ लाख ७२ हजार रुपैयाँ बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७५÷७६ को पहिलो ३ महिनामा बैंकको नाफा ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ रहेको थियो । बैंकले सावैजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रभु बैंक लिमिटेडले गएको वर्ष १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र७७ को अन्तिम त्रैमासको वित्तीय विवरणअनुसार बैंकले कमाएको यो वार्षिक नाफा २०७५ र ७६ को भन्दा ४२ करोड न्यून हो । चुक्ता पुँजी १० अर्ब रहेको बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८ करोड रुपैयाँमात्र रहेको छ । यो बैंकले गएको वर्षको नाफाबाट १० प्रतिशतसम्म लाभांस वितरण गर्नेेछ । १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ऋण लगानी गरेको बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा घटेर २.८१ प्रतिशतमाम सिमित भएको छ । हिमालयन बैंकको नाफामा ८.८४ प्रतिशतले गिरावट आएको छ । बैंकले गत असार मसान्तसम्ममा दुई अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो । वितरण योग्य नाफा भने जम्मा एक अर्ब ३० करोड रुपैयाँ मात्रै छ । यस आधारमा बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिन सक्नेछ ।
सिटिजन बैंक इन्टरनेशनलले गएको आर्थिक बर्षभरि १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। आर्थिक वर्ष २०७६र७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा न्यून भएको हो । उच्च नोक्सानी व्यवस्थापनका लागि खर्च गर्नुपर्दा नाफामा गिरावट आएको बैंकले प्रष्ट पारेको छ। बैंकले अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ४० लाख रुपैयाँ मात्र रहेको छ ।
अन्तमा,
राष्ट्रले धेरै आर्थिक वृद्धिदर हासिल गर्ने सपना बोक्नुभन्दा अबको १ र २ वर्ष मुलुकको अर्थतन्त्रलाई निश्चित आधारभूत तहबाट खस्कन नदिने कुरामा ध्यान दिनुपर्छ । मुलुकको अर्थतन्त्रमा मुख्य रुपमा योगदान गरिरहेका र अन्तर्राष्ट्रिय मागसँग सिधै सम्बन्धित पर्यटन, रेमिट्यान्स जस्ता सेवा क्षेत्रका गतिविधिहरु फेरि पुरानै अवस्थामा फर्किन केही समय लाग्नेछ । यसको असर आगामी आर्थिक वर्षमा झन् बढी पर्ने सम्भावना छ ।
कोरोना कहरको प्रतिकूल प्रभावको कारणले किसानले उत्पादन गरेका वस्तुहरू खपत नहुने, नष्ट हुने र खपत भएका वस्तुको मूल्यमा पनि सन्तुलन नहुने समस्या देखिएको छ । उद्योगलाई पनि विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने हुँदा समयमा कच्चा पदार्थ नआइपुग्ने लगायतका समस्याहरू पर्दै आएका छन् । यसकारण पनि उत्पादन क्षेत्रमा ठूलो असर परेको छ । बैंकिङ क्षेत्रमा पनि आफूले गरेको लगानी नउठेर समस्या परेको छ । शेयर बजारको पनि हालत नाजुक अवस्थामा नै पुगेको छ ।यसरी देशको अर्थतन्त्र नै एकदम अप्ठ्यारो अवस्थामा पुगेको छ । आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने कृषि, सिँचाई र सम्पन्न हुन लागेका विद्युत, खानेपानी जस्ता आयोजनाहरुको पूर्वाधार निर्माणमा मुलुकको ध्यान जानुपर्छ । खासै प्रतिफल नदिने खालका साना तथा फुटकर योजनाहरुलाई निरुत्साहित गर्नुपर्छ ।
(राष्ट्रिय आर्थिक मासिक पत्रीकामा प्राकाशित)
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।