लक्ष्मण कडेल
विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोरोना भाइरस (कोभिड-19) बाट अहिले सारा विश्व नै त्रसित छ।
भाइरस नियन्त्रण तथा रोकथाम गर्न विभिन्न देशहरुले लकडाउन लागू गरेका छन्।नेपालमा लकडाउन जारी छ।
नोबेल कोरोना भाइरस (कोभिड-19)10 DEC 2019 मा प्रहिलो पल्ट हुवेइ प्रान्तको राजधानी वुहानमा देखा परेको थियो । हाल त्यहाँ ७६ दिनको लकडाउन अन्त्य भइसकेको छ। त्यहाँका नागरिक सामन्य जनजीवन तर्फ फर्कन थालेका छन । रेल्वे, विमान सेवा , राजमार्ग प्रवेश द्वार पनि खुल्ला छन् । तर यस कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएकोछ। यस भाइरस बाट चीन अझै सुरक्षित हुन्छ भन्ने कुनै सत्यता छैन।
वुहान बाट सुर भएको उक्त कोरोना भाइरसले आज विश्वमा २०८ भन्दा बढी रास्ट्रलाई प्रत्यक्ष रूपमा असर पारेको छ भने ९६००० मानिसको मृत्यु भइसकेको छ । १६ लाख भन्दा बढी संक्रमित छन लाग्छ संक्रमित रोकिने छैन मृत्यु बढ्दै जानेछ ।
कोरोना भाइरस (कोभिड-19) ले आज प्रत्यक्ष रूपमा विज्ञान लाइ नै खुल्ला चुनौती दिइसकेको छ । आजका मानिसमा यति घमण्ड छकि पृथ्वी नै आफ्नै हातमा नचाउन खोज्छ। ठुलाठुला अदालत निर्माण गर्छन् , रकेटहरु निर्माण गर्छन् , पृथ्वीमा रहेका जीवजन्तु सबैलाई पचाउदै लान खोज्छन् । पंछीलाइ पिजडामा कैद गर्दै रमाउछर आनन्द लिन्छ्न । बम , बारुद , मिसायल , बन्दुक आविस्कार गरि सबैलाई तर्साउने गर्द्छन । पृथ्वी छोडेर चन्दलोक , मंगलग्रहमा पुगिसकेका छन् । मानिस आफैलाइ ब्रह्माण्ड बिजेता ठानिसकेका छन् । संसार लाई एकैपटक ध्वस्त गराउन सक्छु भन्ने मानवमा ठुलो घमण्ड रहेपनी आज कोरोनाले हामी मानव जातिलाई दुलोभित्र बस्न बाध्य बनाएको छ। पैसामा घमण्ड गरेका मानिस डलरमा आमा बेच्दै थिए , धर्म साट्दै थिए । विश्वका शक्तिशाली रास्ट्र अमेरिका, चिन , भारत का मानवहरु डोनाल्ड ट्र्म्प ,सि, नरेन्द्र मोदी , पुटिन कसैको आज केहि चलेको छैन । अरुलाइ विनास गर्ने र रमाउने मानवहरु आज आफैं त्रासपुर्ण जीवन बिताउन बाध्य छन् । मलामी जाने आफन्त , इस्टमित्र छैनन् , मानव जाती एक्लिएका छन । विश्व जगत सारा सुनसान छ, ब्यापार ब्यावसाय ठप्प छ । विमान स्थल सुनसान , खाली रेलका डब्बा , होटेल रेस्टुरेन्ट पुर्णरुपमा बन्द छन् र धेरै मानिसको जागीर गइसकेको छ। कठिन भन्दा कठिन परिस्थिति हामी सामु आइपरेको छ। विश्वको अर्थतन्त्र पुरै धरापमा परेकोछ। अर्थतन्त्र १.५% ले तल झरिसकेको छ भने बिश्व सेयर बजार ३०% ले ओरालो छ । यसले विश्वमा ठुलो आर्थिक मन्दी ल्याउने प्रत्यक्ष देखिन थालेको छ ।
कोरोना भाइरस (कोभिड-19) ले विश्व जगतलाई असर पारी रहदा हाम्रो देश पनि बच्न सक्दैन । यस्को असर हामीले हाल भोगिरहेका छौं । यतिबेला नेपाल कोरोना महामारीको दोस्रो चरणमा प्रवेस गरिसकेको छ। यो धेरै जोखिम हुन सक्ने अनुमान गरिएको छ । स्थानीय सरकार , प्रदेश र केन्द्र सरकार बीच समन्वय सकिरहेको छैन । यो समयमा सबैभन्दा महत्त्व पुर्ण भनेको स्थानीय सरकार नै हो। स्थानीय तहमा नमुना परिक्षण गर्न स्रोत साधन छैन । समान खरिद गर्न ढिला भएको छ , सरकार ढिलासुस्ती मै छ । सरकार पुर्व तयारीमा लाग्नुपर्ने हो तर कम्युनिस्ट पार्टी सर्वहरा वर्गको सरकार भने भ्रष्टाचार र अनियमितता गरिरहेको हामी दिनदिनै सुनिरहेका छौ । प्रधानमन्त्री के. पी ओलीको केहिदिन अघिको सम्बोधनले १००० पी पी इ छ भन्ने तर आज स्वास्थकर्मीले पि पी इ नपाएको जताततै सुन्न पाइन्छ।यस्तो बेलामा स्वास्थ कर्मी , सुरक्षा कर्मीहरुलाई थप हौसला दिनुपर्छ । उनिहरु दिनरात नभनी तपाईं हाम्रो जीवन रक्षा गर्न लागी परेका छन तर सरकार साथ दिनुपर्ने समयमा उनिहरुको तलब कट्टा गर्दैछ। दुख लाग्छ किन सरकार गैर जिम्मेवार काम गर्दैछ ? जनताका प्रतिनिधि भएर गएका जनप्रतिनिधि बनेका रास्ट्रपति , प्रधानमन्त्री , मन्त्री , साम्सद , प्रदेश मातहतका मन्त्री , सभासद , स्थानीय सरकारका नगर प्रमुख , गाउँ पालिका प्रमुख , वडाअध्यक्ष सबैको सेवा सुबिधा कोरोना कोषमा हालेर जनताको मन जित्ने समयमा उल्टै स्वास्थ कर्मी, सुरक्षाकर्मी को तलब काट्नु भनेको अनैतिक भन्ने बुझ्नुपर्छ । यस्तो दुखमा सरकार जनता सङ हुनु पर्ने हो तर देश र जनता बेचेर डलर डोनेसन माग्ने अनि गरीव जनताको फोटो सामाजिक संजालमा देखाएर १० केजि चामल बाड्नेहरु सरकार होइनन् भ्रष्टाचारी , अपराधी हुन् ।
महामारी कै कारण विश्व अर्थतन्त्रमा गम्भीर संकट आउदै गरेको हुँदा नेपाल सरकार त्यसबाट बच्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विदेशमा रहनु भएका युवाहरूलाई सुरक्षित साथ देश फर्काउन सक्नुपर्छ । यतिबेला मानव एकताको आवश्यक छ। सरकार अनुत्तरदायी , अमानवीय पट्टकै बन्नु हुदैन।
तपाईं हामी बिश्वास गरौ कुनै दिन यो निर्मुल होला जस्ले यो अध्यारोलाई पुन उज्यालो बनाउने छ। सफल हुनका लागी धैर्य गर्नैपर्छ । सफलता एकैपटक प्राप्त हुदैन निरन्तरको प्रयास र धैर्यता राख्नु अहिलेको लागी ठुलो शक्ति हुनेछ । आज संसारको जुन कुनामा छौ त्यहीँ घरभित्र बसौ, रमाऔ सबैको भलो सोचौ ।
(लेखक लक्ष्मण कडेल सम-सामायिक विषयमा कलम चलाउछन )
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.