काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल क्यानडासंग पराजित भएको छ । क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।
क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाएर खेल १४ रनले हार्न पुग्यो ।
नेपालका लागि सबै भन्दा बढि कप्तान रोहित पौडेलले ३९ बलमा २ छक्का र २ चौक्का सहित ३७ रन बनाए । कुशल मल्ल १२ , देव खनाल ११ र सन्दीप लामिछाने १० रन बनाएर आउट भए ।
त्यसैगरी अनिल शाहले ९ रन आसिफ शेख ८ ,कुशल भुर्तेलले ७ दिपेन्द्र सिंह ऐरी ६ सोमपाल कामी १ तथा करण के।सी ५ रन बनाएर रन आउट भए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए । त्यसैगरी दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए ।आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग पहिलो खेलमा १०३ रन र दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।