add

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य






ActPro Nepal

|

१६ असोज, २०८०

|
127

काठमाडौं । एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपाललाई भारतले २०३ रनको लक्ष्य दिएको छ ।  

टस जितेर ब्याटिङ थालेको भारतले नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका यशस्वी जैसवाल १०० रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२  रन बनाएको हो । 

भारतका लागि  रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.