add

ए डिभिजन लिगः १३औँ राउन्डसम्मको खेल तालिका सार्वजनिक






ActPro Nepal

|

१६ चैत, २०७९

|
339

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको १३औँ राउन्डसम्मको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार १३औँ राउन्डसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।


यसअघि पाँचौँ राउन्डसम्मका खेल सम्पन्न भएर ए डिभिजन लिग रोकिएको थियो । अब छैटौँ राउन्डका खेल चैत २० गते सुरू हुनेछन् । छैटौँ राउन्डको पहिलो खेलमा संकटा क्लबले खुमलटार युथ क्लबसँग चैत २० गते एन्फा कम्प्लेक्स मैदानमा खेल्नेछ । यही दिन दोस्रो खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग च्यासल मैदानमा खल्नेछ ।


पाँचौँ राउन्डसम्मको खेल सकिँदासम्म सातदोबाटो युथ क्लब लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलबाट चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको सातदोबाटोको १२ अंक छ । लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीले पाँचखेलमध्ये तीनमा जित, र दुई खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ । लिगको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबको पाँचखेलमध्ये तीन खेलमा जित र दुई खेलमा बराबरीसहित ११ अंक छ ।


लिगको पुछारमा नेपाल पुलिस क्लब छ । पुलिसले पाँचखेलमध्ये एक खेलमा बराबरी र चार खेलमा हारसहित एक अंक बनाएको छ ।


यस्तो छ छैटौँदेखि १३औँ राउन्डसम्मका खेल तालिकाः



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.