add

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा प्रवेश






ActPro Nepal

|

१६ मंसिर, २०७९

|
358

काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

जितसँगै जापान समूह 'ई' को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो । स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.