add

समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश






ActPro Nepal

|

१५ मंसिर, २०७९

|
497

काठमाडौं । फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै समूह विजेता बनेको हो ।

आज बिहान सम्पन्न खेलमा ३९औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्नबाट चुकेपछि पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

दोस्रो हाफको ४६औं मिनेटमा म्याक एलिस्टेरको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले ६७औं मिनेटमा एल्भारेजको दोस्रो गोलबाट जीत निश्चित बनाएको थियो ।

चार अंक बटुलेको पोल्याण्ड यस खेलमा पराजित भएपनि समूह सी बाट उपविजेताको रुपमा अन्तिम सोह्रमा पर्न सफल भएको छ । मेक्सिको र साउदी अरेबियाको खेलमा साउदी अरेबिया पराजित भएपछि पोल्याण्डलाई अन्तिम सोह्रमा पुग्ने ढोका खुलेको हो ।

यता समूह डी मा भने डेनमार्कलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो एशियाली राष्ट्र बनेको छ । डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम सोह्रमा स्थान बनाउन सफल भएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.